Insights
भ्यालेन्टाइन डे मा पहिलो पहिलो माया
2010-02-07 [ 127 ] commentsधरान । संगीतिक प्रेमकथामा आधारित चलचित्र पहिलो पहिलो माया भ्यालेन्टाइन डेको अवसर पारेर माघ 29 गते रिलिज गरिने भएको छ । स्थानीय एक सांगीतिक कार्यत्रmममा सहभागी हुन धरान आइपुगेका निदर्शक दिपक श्रेष्ठले शनिबार बिहान पत्रकारहरुसँग चलचित्रको बारेमा छुटै कुराकानी गरेका थिए । "यो चलचित्र माघ 29 गते देशभरका 36 वटा सिनेमा घरहरुमा एकैचोटी रिलिज हुदैछ"(निदर्ेशक श्रेष्ठले भने("प्रेमकथामा आधारित भएकोले प्रेम दिवस(भ्यालेन्टाइन डे)को अवसरमा रिलिज गर्न लागेको हो ।"
निदर्ेशक श्रेष्ठले यसअघि पनि सांगीतिक प्रेमकथामा आधारित चलचित्र पर्खिबसे..को निदर्ेशन गरिसकेका छन् । त्यही चलचित्रका कलाकारहरु राज वल्लभ, युना उप्रेती, निखिल उप्रेतीले यो चलचित्रमा अभिनय गरेका छन्ž । "प्रेम अंगालोमा बाँिधदैमा, पाउनुमा मात्रै हुदैन, विछोडमा, त्यागमा पनि हुन्छ भन्ने यो चलचित्रमा देखाउन खोजेको छुँ"(उनले भने । माया गनर्ेहरुको चलचित्र भएकोले भ्यालेन्टाइन डेको दिन चलचित्र हेर्न आउने दर्शकहरुलाइ मायाको कोसेली स्वरुप फेन्डसिप बेल्ट उपहार दिइने उनले बताए ।
चलचित्र छाँयाकनमा ओस्कार अवार्ड विजेता चलचित्र सलम डग मिलेनियरको छाँयांकन गर्न प्रयोग गरिएको क्यामेरा टु के क्यामेरा प्रयोग गरिएको, सिनेमास्कोप र साउण्ड डर्बी आउने भएकोले प्राविधिकरुपमा चलचित्र उत्कृष्ट रहेको उनले दाबी गरे । "प्राविधिकरुपमा उत्कृष्ट बनाउने प्रयास गरेको छुँ, प्रेमकथामा आधारित भएकोले किसोरकिसोरीले मन मराउने अपेक्षा छ"(निदर्ेशक श्रेष्ठले भने ।
सुपर हिट चलचित्र गाउँले, जीवन साथी, पापी मान्छे, हिम्मत, कृष्ण अजुन, तकदीर, भाइभाइ, अजम्बरी माया लगायत 20 वटा चलचित्रको सफल निदर्ेशन गरिसकेका श्रेष्ठले एकसाता पछि धरानमै 2 वटा चलचित्र छाँयाकंन गर्न आउने खुलाए । "धरानमा चलचित्र सुटिंग गनर्े मेरो पुरानो धोको हो, सातादिन पछि 2 वटा चलचित्रको सुटिंग गर्न आउदैछु"(गृह नगरीमा उनले भने । धरानबाट क्षमतावान नायक र नायिका स्थापित गराउने इच्छा भएपनि हालसम्म कोही कलाकार सम्पर्कमा नआएको पनि उनले बताए । "अहिले म जे जति सफल छुँ, सबै धरान र धरानेहरुको मायाले गर्दा नै हो । त्यसैले यहाँबाट राम्रो नायक र नायिका जन्माउने धोको छ तर कोही त्यस्तो कलाकार मलार्इ भेट्žन आएका छैनन्ž"(उनले भने ।
