Insights
धरान सुरक्षा व्यावस्थापन समिति गठन
2010-02-07 [ 0 ] commentsधरान । धरानको शान्तिसुरक्षा मजबुत बनाउन कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख तथा एसएसपीको संयोजकत्वमा ९ सदस्यीय सुरक्षा व्यावस्थापन समिति गठन गरिएको छ । सुरक्षा कायम गर्न प्रहरी असफल भएको भन्दै व्यापारी, व्यावसायीहरु आन्दोलित भएपछि आइतबार सो समिति गठन गरिएको हो ।
धरानका व्यापारी, व्यावसायीहरुसँग आइतबार छलफलल गरि अञ्चल प्रहरी प्रमुख तथा एसएसपी मिङ्žमार लामाको संयोजकत्वमा उद्योगी, व्यावसायीहरुको प्रतिनिधित्व रहने गरी ९ सदस्यीय समिति गठन गरिएको छ । समितिले धरानका व्यापारी, व्यावसायीहरुका साथै समग्र धरानकै सुरक्षाको बारेमा रणनीति बनाउने र प्रहरी प्रशासनले त्यसलाइ कार्यान्वयन गनर्े संयोजक तथा अञ्चल प्रहरी प्रमुख एसएसपी लामाले बताए ।
समितिमा उवासंघ सुनसरीका अध्यक्ष अशोक ताम्राकार, वाणिज्य सचिव गिरीधारी सापकोटा, नेपाल सुनचाँदी व्यावसायी संघका अध्यक्ष मोहनकाजी शाक्य, कृषि उपज बजार स्थल सञ्चालक समिति अध्यक्ष काजी गिरी, क्यान सुनसरी अध्यक्ष देव सुब्बा, डिलर तथा थोक व्यावसायी संघका महासचिव सिताराम आचार्य र होटल एशोसिएशन अफ धरानका पुर्व अध्यक्ष शिवराज श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक समेत सदस्य रहने व्यवस्था गरिएको छ ।
समिति गठन पछि बसेको पहिलो बैठकले हालसम्म धरानमा भएको चोरी तथा लुटपाटको घटनाको छानबीन गनर्े निर्णय गरेको छ । यसको लागि अञ्चल प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविकुमार प्रधानको संयोजकत्वमा एक अनुसन्धान टोलीसमेत गठन गरेको समितिका सदस्य एवं उवासंघ सुनसरीका अध्यक्ष अशोक ताम्राकारले बताए । समितिको सोही पहिलो वैठकले आइतबार राती देखि नै चौबिस घण्टै प्रहरी गस्ती गनर्े निर्णय समेत गरेको उनले जानकारी दिए । बजार खोल्ने बिषयमा भने सोमबार पुन: व्यापारी, व्यावसायीहरुले वैठक गरेर निर्णय गनर्े उनले बताए ।
शनिबार बिहान पसल खोल्ने त्रmममा धरान ५ कलेज रोडस्थित मोवाइल प्यालेसबाट करिब 70 वटा मोवाइल लुटिएपछि व्यापारीले असुरक्षा बढेको भन्दै आन्दोलन शुरु गरेका थिए । शान्ति सुरक्षा कायम गर्न असफल भएको भन्दै व्यापारीहरुले शनिबार र आइतबार बजार बन्द समेत गरेका थिए ।
