Insights
बुढासुब्बा गोल्डकपलारइ नवर्ेबाट सहयोग
2010-02-08 [ 201 ] commentsधरान । माघ 19 गतेदेखि सञ्चालन भैरहेको 12 आै अन्र्तराष्टिय आमन्त्रण टुवोर्ग बुढासुब्बा गोल्डकप प्रतियोगितालाइ नवर्ेमा रहेका धरानका पुर्व खेलाडीहरुले आर्थिक सहयोग गरेका छन् ।
दोस्रो पुरस्कार राशीसहित उनीहरुले कुल 95 हजार रुपैया सहयोग गरेको आयोजक धरान फुटवल क्लबले जानकारी दिएको छ । क्लबका अध्यक्ष सुवास राइका अनुसार सो रकम हाल नवर्ेमा रहेका पुर्व खेलाडी धरान 15 निवासी केन्द्र लिम्बुको पहलमा प्राप्त भएको हो । सहयोग गनरेहरुमा मोरङ विराटचोकका ममिल राइ, धरान 18 का चन्द्रहांग वोखिम लिम्बु, मोरंङ भाउन्नेका राजु लिम्बु र बेलबारीका दिपसुन्दर थापा छन् ।
प्राप्त रकम मध्ये 75 हजार जारी प्रतियोगिताको दोस्रो पुरस्कार राशीस्वरुप दिइने छ भने धरानका 2 जना उदयीमान खेलाडीलाइ जनही नगद 5 हजारसहित सम्मान गरिने अध्यक्ष राइले बताए । "बाँकी पैसाले धरानको टिमलाइ ट्žयाकसुट खरीदमा खर्च गरिनेछ"(उनले भने ।
यसबाहेक, नवर्ेमा रहेका पूर्व खेलाडी केन्द्र लिम्बुले धरानका उदयीमान खेलाडीलाइ प्रत्येक बर्ष धरान तारा घोषणा गदै पुरस्कार दिन 50 हजार आर्थिक सहयोग गनर्े प्रतिवद्धता जनाएको अध्यक्ष राइले जानकारी दिएकाछन् । उनका अनुसार लिम्बुबाट प्राप्त सो रकमको कोष बनाइने र त्यसमा क्लबले थप गरि बर्षोनी उदयीमान खेलाडीलाइ पुरस्कार दिनेछ । "95 हजार बैंक खातामा आइसकेको छ, पचास हजार पनि प्रतियोगिता अवधिभित्रै आइपुग्छ"(उनले भने ।
