Insights

खानेपानी संस्थानद्धारा मोटर जफत

2010-02-08 [ 110 ] comments

धरान । खानेपानी संस्थानले उपभोत्तmाको घरमा छापा मारेर पानीको पाइपमा जडान गरी पानी तान्ने मोटरलाइ जफत गर्न थालेको छ । एक साताको अवधिमा संस्थानले त्यस्ता ३० वटा अवैध मोटर जफत लिइसकेको छ । उपभोत्तmाहरुबाट धारामा पानी नआएको गुनासो अत्यधिक आउन थालेपछि धरानस्थित खानेपानी संस्थानको शाखा कार्यालयले अनुगमन टोली खटाएर अवैधरुपमा प्रयोग गरिरहेको पानी तान्ने पम्प{मोटरलाइ} जफत गर्न थालेको हो । संस्थानका अनुसार यस्ता मोटरको प्रयोगले खानेपानी समस्यालाइ थप विकराल बनाउने गरेका छन् ।

संस्थानले सोमबार बिहान मात्रै धरान 9 आचार्य लाइनबाट 11 वटा अवैध पम्प जफत गरेको थियो । त्यसत्रmममा वडा प्रहरी कार्यालयबाट समेत पम्प वरामद भएको संस्थानले जनाएको छ । "एउटा घरमा पम्प जडान गर्दा वरीवरीका ५/६ घरमा पानी नै पुग्दैन, त्यसैले ग्राहकहरुबाट नै गुनासो आउन थालेपछि यसरी छापा मार्न थालेका हौं"(संस्थानका शाखा प्रमुख प्रजेन्द्रदास हाडाले भने । सम्पन्न उपभोत्तmाहरुले खानेपानीको पाइपमा पम्प जडान गरेर बिजुलीको माध्यमबाट पानी तान्ने गरेका छन् । छापाको त्रmममा कतिपय उपभोत्तmाहरुले त खानेपानीको मिटरसमेत खोलेर पम्प जडान गरेको भेटिएको प्रमुख हाडाले बताए ।

अवैधरुपमा पम्प जडान गनर्े ग्राहकलाइ पहिलो पटक 1 हजार, दोस्रो पटक 5 हजार र तेस्रो पटक 10 हजार जरीवाना लिने संस्थानको नियम छ । तीन पटक पछि पुन: पम्प जडान गरेकेा भेटिएमा संस्थानले धारा काटीदिने संस्थानको नियम छ । "ग्राहकहरु मध्ये 15 प्रतिशतले पम्प प्रयोग गर्छ कि भन्ने हाम्रो अनुमान छ, ती सबैलाइ नियन्त्रणमा लिएर कार्वाही गछौं"(उनले भने । संस्थानले धरानमा 12 हजार 6 सय 56 वटा घरमा निजी धारा वितरण गरेको छ । सार्वजनिक धारा 3 सय 4 वटा वितरण गरेको छ ।

उपभोत्तmाबाट गुनासो आएपछि संस्थानले माघ 19 गते अनुगमन टोली बनाएर फिल्डमा खटाएको थियो । टोलीमा संस्थानका विभिन्न शाखाका 16 जना कर्मचारीहरु छन् । उपभोत्तmाहरुले पम्प प्रयोग नगनर्े हो भने हाल देखिएको खानेपानी अभावको समस्या केही कम हुने वितरण प्रमुख कालीप्रसाद शर्माको भनाइ छ ।
Drop your comments