Insights

एक समय मात्रै पानी वितरण

2010-02-08 [ 2 ] comments

धरान । सुख्खा मौसमसँगै पानीको मुहान सुकेपछि खानेपानी संस्थानले उपभोत्तmालाइ माग वमोजिम पानी वितरण गर्न सकेको छैन । पर्याप्त खानेपानी उपलब्ध नहुँदा खाना पकाउन, नुहाउँन तथा कपडा धुन समेत समस्या भएको उपभोत्तmाहरुको गुनासो छ ।

बिहान र बेलुकी दुर्इ समय खानेपानी वितरण गदै आएको संस्थानले हाल धरानलाइ दुइ भागमा बाँडेर एक समय मात्रै खानेपानी वितरण गर्न थालेको छ । त्यसरी वितरण हुने पानी समेत धारामा बढीमा आधाघण्टा मात्रै आउने गरेको धरान 15 खोरियाबस्तीकी रमा थापाले गुनसो पोखिन । "धारामा बेलुका एक छिन पानी आउछ, त्यतिले केही पुग्दैन । आधा घण्टा हिडेर पारी पाँचकन्याबाट डोकोमा पानी बोकेर ल्याएर खान्छौ"(उनले भनिन ।

संस्थानको धरान शाखाका अनुसार सुख्खा मौसमको कारण खानेपानीको प्रमुख स्रोत सदु, खदू र तामाखाम खोलामा पानी सुकेकोले एकसमय मात्रै वितरण गर्न बाध्य भएको जनाएको छ । बष्रा याममा दैनिक 1 करोड 80 लाख लिटर पानी उपलब्ध हुने यो स्रोतमा सुख्खायाममा भने दैनिक 45 लाख लिटर मात्रै पानी उपलब्ध हुने संस्थानका प्रमुख प्रजेन्द्र दास हाडाले बताए । धरानमा खानेपानीको माग दैनिक 1 करोड 70 लाख लिटर रहेको छ । सदु, खदु र तामाखाम बाहेक भुमिगत स्रोतको रुपमा जंगलबाट पम्प माफत संस्थानले दैनिक 60 देखि 65 लाख लिटर पानी निकाल्ने गरेको छ । "त्यहाँबाट पानी निकाले पनि अहिले दैनिक 60 देखि 70 लाख लिटर पानी पुगेको छैन, त्यसैले एक समयमात्र वितरण गनुको विकल्प छैन"(संस्थानका इञ्जिनियर रामकुमार श्रेष्ठले भने ।

संस्थानका अनुसार माघ पहिलो सातादेखि धरानलाइ 2 भागमा बाँडेर बिहान र बलुकी एक समय मात्र पानी वितरण गरिन थालिएको हो । संस्थानले धरानको वडा नं. 1,2,3,4,5,6,7,9,15 को पुरै भाग र वडा 8, 10 को आधा भागमा बिहानको समयमा मात्रै पानी वितरण गरिरहेको छ । यस्तै, बाँकी वडामा बेलुकीको समयमा मात्रै पानी वितरण हुने गरेको छ । "धरानको खानेपानी समस्या हल गर्न चतरा, सप्तकोशी नदीबाट ल्याउने दीर्घकालीन योजना कार्यान्वयन नभएसम्म यस्तै समस्या हुन्छ"(संस्थानका प्रमुख हाडाले भने ।
Drop your comments