Insights

धरानमा सप्तकोशीको पानी ल्याउन छलफल

2010-03-02 [ 4 ] comments

धरान । सुनसरीको चतरास्थित सप्तकोशी नदीबाट खानेपानी ल्याएर धरानको समस्या समाधान गर्न पहल शुरु भएको छ । प्रमुख समस्याको रुपमा रहेको खानेपानी अभावलार्इ दीर्घकालीनरुपमा समाधान गर्न नगरपालिकाको नेतृत्वमा यहाँको राजनीतिक दल र उद्योग वाणिज्य संघ लगायत निजी क्ष्त्रले पहल शुरु गरेको हो ।

सप्तकोशीको पानी धरानमा ल्याउन नगरपालिकाको नेतृत्वमा एक सर्वपक्षीय टोली चतरा गएर स्थानीयबासीसँग प्रारम्भिक चरणको छलफल गरेको छ । सप्तकोशीको पानी ल्याउन डिपिआर तयार गर्नु अघि स्थानीयबासीको सहमति लिन आवश्यक भएकोले स्थलगत निरीक्षणका साथै सो छलफल गरिएको उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक ताम्राकारले बताए । "दीर्घकालीन परियोजनाको रुपमा हामीले कोशीको पानी धरानमा ल्याउन पहल गरेका हौ । यसको लागि चतराबासीको सहमति अति आवश्यक भएकोले स्थानीयबासीसँग प्रारम्भिक चरणको छलफल गरेका हौं"(ताम्राकारले भने । छलफलमा स्थानीयबासीले सराकात्मक धारणा व्यत्त गदै पाइपलाइन बिछ्žयाउदा पनर्े क्ष्त्रका साथै वन समुहसँग पनि अभmै विस्तृतरुपमा छलफल गर्न सुभmाव दिएका थिए ।

नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पौडेलको नेतृत्वमा गएको सो टोलीमा राजनीतिक दलका प्रतिनिधि, कन्सल्टेण्ट, उद्योग वाणिज्य संघका प्रतिनिधि, इञ्जिनियरसमेत थिए । धरानको खानेपानी समस्या दीर्घकालीनरुपमा समाधान गर्न सप्तकोशीमा बोरिङ गरेर पानी ल्याउने महत्वकांक्षी योजना छ । यो लक्ष्य पुरा गर्न परियोजनामा करिब एक अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । "यसको लागि नेपाल सरकार, दातृसंस्थासँग पहल भैरहेको छ । नगरपालिकाले पनि अब बजेट विनियोजन गनर्ेछ"(कार्यकारी अधिकृत पौडेलले भने । उनका अनुसार यो परियोजना सम्पन्न भएपछि धरानमा दैनिक 2 करोड लिटर पानी संकलन हुनेछ । खानेपानी संस्थानका अनुसार हाल धरानमा दैनिक 1 करोड 80 लाख लिटर खानेपानीको माग रहेपनि सुख्खायाममा दैनिक 60 देखि 70 लाख लिटर पानी अपुग छ ।

यसअघि खानेपानी समस्या समाधान गर्न सुनसरी क्षत्र नं 1 का सभासद किरण राइको संयोजकत्वमा सर्वपक्षीय प्रतिनिधी सम्मिलित जलाधार क्षत्र संरक्षण तथा खानेपानी व्यावस्थापन समितिसमेत गठन भैसकेको छ भने उद्योग वाणिज्य संघले एडिबिसँग एक चरणको छलफल गरिसकेको जनाएको छ । सप्तकोशीबाट पानी ल्याउन नगरबासीको समेत सहभागिता गराउने अवधारणा पनि संघले अघि सारेको छ । "अब फेरि खानेपानी व्यवास्थापन समितिको वैठक बसेर नगरबासीलाइ के कसरी सहभागी गराउने भन्ने बारे योजना तयार गछौं"(उवासंघका निवर्तमान अध्यक्ष ताम्राकारले भने ।
Drop your comments