Insights
प्रहरीले अलग गरायो पतिपत्नीलाइ
2010-03-07 [ 0 ] commentsधरान । अन्तरजातीय विवाह गरेका एक जोडीलाइ विवाह गरेको 10 महिनापछि परिवार र प्रहरीको दबावमा अलग गरिएकोछ । सुनसरीको चिमडी 6 का 26 वष्रीय रमेशप्रसाद साहले 10 महिना अगाडि गरेको अन्तरजातीय विवाहलाइ केटी पक्षका आफन्तको दबाव र प्रहरीको संरक्षणमा अलग्याइएको हो ।
सुनसरीको आैरावनी 9 की 23 वष्रीया गायत्रीकुमारी चौधरीसँगको रमेशले दश महिनाअघि अन्तरजातीय विवाह गरेका थिए । उनीहरुलाइ 12 दिन अगाडि छुट्žयाइएको साहका परिवारले जनाएको छ । साहलाइ बेचबिखनको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय दुहबीले फागुन 10 गते बोलाइ गिरफ्žतार गरी यातना दिएको र पती पत्नीलाइ छुाछु¤ै कोठामा राखेर यातना दिएको पीडित परिवारको भनाइ छ । त्यसको भोलीपल्टबाट केटीपक्षका लालुराम चौधरी, गिरधर चौधरी, लवरजंग चौधरी र इन्द्रजंग चौधरी लगायतका व्यत्तिको दबावमा प्रहरीले गायत्री चौधरी (साह) लाइ बेपत्ता बनाएको पीडित पक्षले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
साहले जिल्ला प्रशासन कार्यालय मोर»मा फागुन 13 गते लिखित जाहेरी दिइ न्यायको माग गरेको एक दिनपछि प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएपनि कुनै कारबाही प्रत्रिmया अगाडि नबढाएको पत्रकार सम्मेलनमा गुनासो गरे । जिल्ला अदालत सिरहाबाट फगुन 3 गते कानुनी रुपमा साह र चौधरीबीच नाता प्रमाणित गरी पतीपत्नीको सम्बन्ध कायम गरिएको भएपनि प्रहरीले त्यसलाइ वास्ता नै नगरी अमानवीय व्यवहार गरेको उनले बताए । हिरासतमा राखेको बेला इलाका प्रहरी कार्यालय दुहबीका प्रहरीहरुले रातिको समयमा कुटपिट, यातना दिँदै केटीलार्इ अर्को जातको केटासँग विवाह गर्न नमिल्ने कुरा थाहा छैन भन्दै बिहान नहुँदै राती बेपत्ता बनाएको पीडित शाहले दाबी गरे ।
पीडित शाहले न्याय र श्रीमतीको अवस्था सार्वजनिक गर्न माग गर्दै राष्टि्रय मानव अधिकार आयोग विराटनगर, एबीसी नेपाल, जिल्ला प्रहरी कार्यालय मोर» र सुनसरी, इन्सेक लगायतका निकायमा उजुरी दिएका छन् । यसैबीच, साहका बुवा राजेन्द्रप्रसाद साहलार्इ केटीपक्षका केही व्यत्ति र इनरुवा 2 बस्ने योगेन्द्रप्रसाद साह लगायतका व्यत्तिले धम्की दिएपछि 5 दिनदेखि घर छोडेका छन् । यता इलाका प्रहरी कार्यालय दुहवीले विगतमा विवाह गरेको भए पनि प्रहरीमा आउँदा केटीले अगाडि जे जे भयो भयो अब म माइत बस्छु भनी प्रहरी कार्यालयबाट कागजात नै नगरी गएको बताएको छ । प्रहरीले आफूहरु पीडितहरुलार्इ यातना नदिएको समेत दाब्ी गरेका छन् ।
