जलमण्डल, भु–मण्डल तथा वायुमण्डल जस्ता वातावरणका मुख्य घटकहरुले जैविक संसारलाई आधार प्रदान गरि जीवमण्डलको अस्तित्व कायम गरिरहेका हुन्छन । समुदायमा आधारित विपद जोखिम ब्यवस्थापन ( Community Based Disaster Risk Management) अन्र्तगत गरिने कार्यक्रमहरुको उति मापदण्ड बनाउनु, पुर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउनु, कृषि व्यवस्थापन सुचना प्रणालीलाई सक्रिय बनाउनु, प्राकृतिक प्रकोप रोकथाम गर्नु, बिकासका पुर्वाधार संरक्षण गर्नु, भुमी उत्पादकत्व तथा सामुदायिक भुसंरक्षण गर्नु, समूह परिचालन तथा सशक्तिकरण गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्रदेशीक तथा स्थानीय पालिकाहरुको योजना कार्यक्रमहरु प्रभावकारी बनाउनुको साथै जीवनदायी उत्पादनसिल वातावरण निर्माण गर्न मौसम को बारेमा हरेक मानिसमा चासो हुनु स्वभाविकै हो ।

वास्तवमा मौसम विज्ञान "Meterology" भौतिक भूगोलको एउटा शाखा हो, जहाँ वायुमण्डलमा हुने विभिन्न मौसमी गतिविधिहरु तापक्रम, वर्षा, आर्द्रता, वायुमण्डलीय चाप, हावाको गति र दिशा, बादल, सुर्यताप उर्जा सन्तुलन लगायत वायुमण्डलयीय परिसंचालन, स्थानिय एवं मौसमी वायु, वायुराशी, चक्रवात, प्रतिचक्रवात, वायुमण्डलीय प्रकोप तथा चरम घटनाहरु, मौसम भविष्यवाणी, मौसम जलवायु परिवर्तन आदिलाई मुख्य केन्द्र बिन्दुको रुपमा अध्ययन र अनुसन्धान गर्ने गरिन्छ । यस विज्ञानलाई जलवायु विज्ञान, ऋतु विज्ञान, वायुविज्ञान आदिको नामले चिनिन्छ ।

विभिन्न मौसम विद्का अनुसार छिनछिनमा परिवर्तन भईरहने वायुमण्डलिय अवस्था नै मौसम (Weather) हो । जलवायु विज्ञानको हिसाबले मौसम ऋतु अनुसार बदली रहेको हुन्छ । ऋतु एक वर्ष भन्दा छोटो कालखण्ड हो । जसले वर्षलाई वसन्त सम्पात(March–२१), कर्क संक्रान्ति (June–२१), शरद सम्पात (Sep–२३) र मकर संक्रान्ति (Dec–२२) गरी विभिन्न भागमा विभाजित गर्दछ । पृथ्वीको वार्षिक गति र अक्षीय झुकाव ९२३.५० डिग्रीको कारणले ऋतु परिवर्तन भई चक्रिय रुपमा मौसम फेरबदल भईरहेको हुन्छ । पृथ्वी सुर्यको वरिपरि करिब ९६.६ करोड कि.मि. को दुरीमा लगभग १६९० कि.मी प्रति घण्टाको दरले दीर्घवृतकार कक्षमा पश्चिमदेखी पूर्वतिर २३.५ डिग्री को झुकावमा परिक्रम गरिरहेको कारण उत्तरी तथा दक्षिणी गोलाद्र्धमा गर्मी र ठण्डी मौसम हुने गर्छ ।

jadoko

पृथ्वीले सुर्यलाई विभिन्न अवस्थामा परिक्रमण गरिरहेको बेला मार्च–२१ र Sep–२३ अर्थात सम्पातको बेला सुर्यको सिधा किरण भुमध्यरेखामा लम्बरुपले चम्किरहने हुंदा पृथ्वीको दुबै गोलाद्र्धमा गर्मी ठण्डी बराबर (दिन रात) हुने गर्दछ । Sep २३ पछि दक्षिणी अक्षांश रेखाको आधा भन्दा अधिक भागमा प्रकास आउन थाल्छ र उत्तरी अक्षांश रेखाको आधा भन्दा अधिक भाग अन्धकारमा हुनपुग्छ । यसरी शरद ऋतुको बर्हिगमन संगै हेमन्त ऋतुको आग्मनसंगै Dec २२ को समयमा सुर्य मकर रेखाको २३.५ंंक माथि लम्ब रुपले चम्किरहेको हुन्छ । यो बखत उत्तरी गोलाद्र्धमा लामो रात र छोटो दिन हुन्छ । पृथ्वीको यस अवस्थाको दिनलाई मकर स्रक्रान्ति Winter Solstices भनिन्छ । यस समयमा नेपालमा करिब १४ घण्टाको रात र १० घण्टाको दिन हुन्छ । रात लामो संगसंगै ठण्डी (चिसो) ले पनि आफनो ब्रजस्व जमाईरहेको हुन्छ ।

परापूर्वकाल देखी नै मानव समुदाय हेमन्त शिशिर ऋतुको मध्य भागतिर अर्थात पौष माघको समयमा विभिन्न शितकालीन मौसमी घटनाहरुको चपेटमा रहंदै आईरहेका छन । पृथ्वीको वरिपरि रहेका विभिन्न ग्यांसहरुको बाक्लो आवरण वायुमण्डल हो र यसले पृथ्वीको वातावरणलाई सन्तुलन राख्ने काम गर्छ । वायुमण्डलको करिब ७५ प्रतिशत भार सबभन्दा तल्लो तह निम्नमण्डल (Troposphere) मा हुन्छ र पृथ्वीमा हुने प्रायः मौसमी घटनाहरु यसै तहमा हुने गर्दछन् । करिब शुन्यदेखि ४ प्रतिशत को अनुपातमा वायुमण्डलमा रहेको जलवाष्प (आद्रता) कै कारण कुनै पनि स्थानको मौसम र जलवायु बढि प्रभावित हुन्छ । यति मात्र नभई यही जलवाष्प चिसो मौसमको बेला आफनो अवस्थामा परिवर्तन ल्याई शीत, कुहिरो, तुसारो, हुस्सु, हिमवृष्टि आदिको रुपमा परिवर्तित हुन्छ ।

१.शीत (ओस): वायुमण्डलमा हुने संक्षेपण प्रकृया (Condensation Process) को एक विशेष रुप शित हो । जमिनसंगै टाँसिएर सतह नजिक रहेको हावामा जलवाष्पको मात्रा अपेक्षा अनुसार अधिक नै हुन्छ र कन्डेस्न प्रकृयाद्धारा प्रायः रातको समयमा विकिरण वा सम्पर्क चिसोपन Contact Cooling बाट जलवाष्प थोपामा परिणत भई शीत बन्दछ । थोपाको रुपमा परिणत हुंदा वजन बढन गई हावाले समात्न नसकि जलकणको रुपमा पात घाँस माथि खसेको देखिन्छ । उच्च सापेक्षिक आर्दता, बादल रहित सफा आकाश, धरातलीय विकिरण द्धारा तिब्र गतिमा तापशक्तिको ह्रास, लामो रात तथा शान्त गतिको वायु आदि जस्ता परिस्थिती शीत (ओस) निर्माणमा अहम भुमिका खेल्छन ।

२. तुसारो (पाला): जब धरातलको तापक्रम शुन्य डिग्री भन्दा तल झर्छ , त्यो बेला माटो वा हावामा रहेको जलवाष्प सिधै ठोस (हिमकण को रुपमा रुपान्तरण हुन्छ । यसैलाई तुसारो वा पाला पर्नु भनिन्छ । यो उध्र्वपतन (Sublimation)प्रकृया द्धारा निर्माण हुन्छ । आर्थिक दृष्टीकोणले तुसारो अत्यधिक हानिकारक हुन्छ किनभने यसले प्रायः आलु, टमाटर, अरहर, लहसुन, तोरी जस्ता हिंउदे बालीनाली नष्ट गर्दछ ।

३. कुहिरो-Fog र हुस्सु –Mist: धरातल सतहको माथि रहेको आद्र्र हावा अत्यधिक चिसोको कारण जलकणको समुहमा परिणत भई धंधको रुपमा बसिरहेको हुन्छ । त्यसैलाई कुहिरो वा हुस्सु लागेको भनिन्छ । बादलको निर्माण प्रायः तातो हावा माथि गई चिसो हुने कारणले हुन्छ तर यिनीहरुको निर्माण धरातलीय सतहको नजिक विकिरण परिचालन Condensation तथा तातो र चिसो हावाको समिश्रण बाट हुने गर्दछ । मौसम बिज्ञानको अनुसार कुहिरो एक किसिमको बादल नै हो । जुन सामान्य बादल भन्दा विपरित धरातल संग जोडिएर धरातलको भिजिबलिटी दृश्य एक कि.मीं कम हुन्छ । कुहिरो लागेको समयमा दैनिक जनजिवन अति नै कष्टकर हुन्छ र जलकणको समुह दृश्य हुन्छन । कुहिरो दिन भरी वा केही हप्ता सम्म आकाशलाई ढाकेर बसेको हुन्छ तथा सुर्यले किरणलाई जमिन सम्म आउन छेकिरहेको हुन्छ । यस अवस्थामा जलकणको ब्यास १०० माइग्रेन भन्दा कम हुन्छ ।

हस्सु Mist: सामान्यतः कुहिरो, धुंद, धुहासा आदि ननमले चिनिन्छ । हुस्सु लागेको बेला धरातलको भिजिब्लिटी (१—५)कि.मी.सम्म हुन्छ । र जलकणका समुह अदृश्य हुन्छन् । हुस्सु लागेको समयमा वायुमण्डलिय सापेक्षिक आर्दता ७० प्रतिशत भन्दा बढी नै हुन्छ । यस अवस्थामा मानिसको जनजीवन अति कष्टकर हुंदैन । साथै सुर्योदयले आगमन संगसंगै हुस्सु समाप्त भएर जान्छ । उष्ण कटिबन्धीय क्षेत्र (Area Of Tropics )मा कहिरो हुस्सु चिसो महिनामा बढी देखिन्छ तर ३५ डिग्री अक्षांश भन्दा माथि प्रायः सबै ऋतुहरुमा देखा पर्छन् ।

४.शितलहर (Cold Ware): नेपालमा हुने प्रमुख विपद्जन्य प्रकोपहरु बढी, पहिरो, महामारी ,हिमस्खलन,भुकम्प, हिमताल विष्फोट, खडेरी, आँधीबेहरी, चट्याङ्ग, असिना पर्नु, लू–चल्नु, जस्तै शितलहर पनि एक प्रमुख प्राकृतिक प्रकोप वा विपद हो जुन नेपालको मुख्य तराई ईलाकामा चल्ने शीतकालीन लहर हो । प्रायः पुस– माघ महिनामा अत्यधिक चिसोको कारण वायुमण्डलको तल्लो तहलाई बाक्लो हुस्सु-कुहिरोले ढाक्दा सुर्यको तापशक्ति हप्तौ दिनसम्म धरातलमा नआउँदा आकासबाट चिसो शित खस्नुको साथै वायुमण्डलीय तापमान एकदमै न्यून भई उत्तर पश्चिम दिशाबाट आउने शुष्क एवं चिसो हावाले बाक्लो हुस्सु र कुहिरो बगाउने प्रकृया नै सितलहर हो ।

hussu6

मौसम बिज्ञानको दृष्टीकोणले शितलहर पनि जल वा जलवायु संग सम्बन्धित प्राकृतिक विपद हो । छिमेकी मुलुक भारतको उत्तरी क्षेत्र बिहार, उत्तर प्रदेश, हरियाणा, पंजाब, दिल्ली ईलाकामा दिन प्रतिदिन बढदै गईरहेको शहरीकरण, औधोगिकरण तथा जनसंख्या बृद्धीले गर्दा वायुमण्डलमा सल्फर डाइअक्साइड, नाईट्रोजन डाइअक्साइड जस्ता प्राणघातक ग्यास धुंवा, धूलोसंग मिली वायु प्रदुषण बढदै जाँदा नेपालको तराई क्षेत्रमा हरेक वर्ष शितलहरको प्रकोप बढदै गई रहेको देखिन्छ । यति मात्र नभई बिकासको नाममा तराई क्षेत्रमा भई रहेको जनसंख्याको वृिद्ध, जग्गा प्लैटिङ्ग सहितको वन बिनास, कृिष क्षेत्रमा प्रयोग हुने विषादी, तिब्र गतिमा बिना मापदण्ड संचालन हुने कलकारखाना लगायत बढदो सवारी साधनले हुने वायु प्रदुषणले गर्दा पनि तराई क्षेत्रमा शितलहर विपदको रुपमा चर्चामा आईरहेको देखिन्छ ।

शितलहर अरु प्रकृतिक प्रकोप जस्तो भौतिक क्षती नगरे तापनि यसले देशको कुल जनसंख्याको लगभग आधा बसोबास गर्ने तराई क्षेत्रको अधिकांश स्थानमा विपद ल्याउने गर्दछ । संयुक्त राष्ट्रिसंघीय बिकास कार्यक्रम ग्ल्म्ए को मानव बिकास प्रतिबेदन अनुसार एशियाका ५८ राष्ट्रयहरु मध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो । जसको मानव बिकास सुचांक छैठौ न्युन स्थानमा छ । तसर्थ शितलहरको कारण तराईका विपन्न वर्ग, बालबालिका, महिला, जेष्ठ नागरिक, सिमान्तकृत समुदायका मानिसहरु न्यानो कपडाको अभावमा कोल्ड डाइरिया, रुघाखोकी, निमोनिया, ज्वरो, हाइपोथर्मिया जस्ता रोगको सिकार भई मृत्यु हुने गरेको समाचार दिनहुं रेडियो, टि.भी. तथा पत्रपत्रिकामा आईरहेको हुन्छ ।

एकात्मक शासन प्रणालीबाट हाम्रो देश नेपाल संघीयतामा प्रबेश गरी देशमा संघ, प्रदेश र स्थानिय गरी तीन तहको सरकार स्थापित भएता पनि जल मौसमसंग सम्बन्धित पूर्वसुचना तथा चेतावनी प्रणालीको बारेमा आमजनसमुदायमा ज्ञान नहुंदा यस्ता विपदीबाट दिनप्रतिदिन कष्टकर जीवन बिताउन बाध्य भएका छन् । अतः पुर्वसुचना प्रणालीको बिकास संगसंगै विपद ब्यवस्थापन चक्र अन्तर्गत गरिने पूर्वतयारी, न्यूनीकरण, रोकथामसंगै खोज, उद्दार एंव राहत र पुर्नस्थापना तथा पुननिर्माण कार्यलाई थप व्यवस्थित बनाउन स्थानीय स्तरमा नै परिस्थितिअनुसार अल्पकालीन र दीर्घकालीन रणनीतिहरुको तर्जुमा गरि संङकटासन्नता वा जोखिममा रहेका समुदायलाई जागरुक तथा सबल बनाउनु आजको आवश्यकता हो ।

लेखकः हाल जल तथा मौसम विज्ञान कार्यालय धरानमा सहायक मौसमविद्कोरुपमा कार्यरत छन् ।