धरान: गुरुङ (तमु) समुदायले शुक्रबार धरानमा पनि तमु ल्होसार धुमधामसँग मनाएका छन् । 

धरान १८ स्थित गुम्बामा बाघ वर्ग (तो ल्हो) लाई विदाई र बिरालो वर्ग (हि ल्हो) लाई स्वागत गर्दै गुरुङ समुदायले विभिन्न कार्यक्रम गरि मनाएका छन् । नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समितिका अध्यक्ष बकसमान गुरुङको अध्यक्षतामा आयोजित तमु ल्होसार शुभकामना कार्यक्रमको प्रमुख अतिथि मेयर हर्क साम्पाङ रहेका थिए । कार्यक्रममा पुर्वअध्यक्ष पृथ्वीमान गुरुङलाई सम्मान पनि गरिएको थियो ।

भिडियो :

ल्होसारको अवसरमा हरेक बर्ष धरानमा तमु राजा घोषणा गरिदै आएको छ । परम्परालाई जोगाउने उद्देश्यले हाडी फुटाउने प्रतियोगिता आयोजना गरि प्रतिकात्मकरुपमा तमु राजा घोषणा गरिन्छ । यसपाली धरान १६ का वरुण घले एक बर्षको लागि तमु राजा घोषित भएका छन् । 

कार्यक्रममा महिलाहरुको म्युजिकल चेयर प्रतियोगिता, छेलो प्रतियोगितासँगै साँस्कृतिक नाच पनि आयोजना गरिएको थियो । तमु युवायुवतीहरु आफ्नो साँस्कृतिक मौलिक पहिरनमा ल्होसारमा सहभागी भएका थिए । 

तस्बिरहरु: विकास चाम्लिङ राई/सत्य घले गुरुङ

tamu-lohsar9

tamu-lohsar1

tamu-lohsar3

tamu-lohsar12

tamu-lohsar13

tamu-lohsar14

tamu-lohsar11

tamu-lohsar5

tamu-lohsar7

tamu-lohsar6

tamu-lohsar8

tamu-lohsar4

tamu-lohsar2

tamu-lohsar10