धरान: डिपिएस महिला बास्केटवल च्याम्पियनसिपको उपाधि धरान १८ स्थित डिपो उच्च माविले जितेको छ ।

आइतवार सम्पन्न फाइनल खेलमा डिपोले चिल्ड्रेन एकेडेमीलाई ३३–२३ स्कोरले हराउदै च्याम्पियन भएको हो । डिपोले प्रत्येक क्वाटरमा ४, ८, ११ र १० अंक जोडेको थियो भने चिल्डे्रन एकेडेमीले क्रमशः ३, ७, ५ र ८ अंक बटुलेको थियो । विजेता डिपो स्कुलले नगद ७ हजार र उपविजेताले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

फाइनल खेलमा डिपोमा लियालिशा श्रेष्ठले व्यक्तिगत १५ स्कोर गरेकी थिइन् । फाइनलको म्यान अफ द म्याच चिल्डे्रन एकेडेमीका असु लिम्वु घोषित भइन् । उनले व्यक्तिगत १४ अंक जोडिन् । फाइनल खेलमा प्रमुख अतिथि एवं नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, हिसान सुनसरीका वरिष्ठ उपाध्यक्ष राजकुमार राई, प्रदेश १ राष्ट्रिय बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईलगायतको उपस्थिति रहेका थिए ।

प्रतियोगितामा धरान बास्केटवल संघ तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको थियो । प्रतियोगितामा आयोजकसंगै धरानका डिपो मावि, सिओन स्कुल, चिल्डे्रन एकेडेमी, आइडल स्कुल, होलिल्याण्ड स्कुल र विष्णु स्कुल गरी ७ वटा विद्यालयले सहभागिता रहेको थियो । वीपी प्रतिष्ठान हाताभित्र सञ्चालित दिल्ली पब्लिक स्कुलले आप्mनो २५ औ स्थापना दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरेको हो ।

डिपोले डिपोले बास्केटवलसँगै फुटवलको उपाधि पनि हात पारेको छ । क्रिकेटको उपाधि भने आयोजक आफैले जितेको छ । नृत्य प्रतियोगिता भने हुन बाँकी रहेको विद्यालयले जनाएको छ । विजेता तथा उपविजेता खेलाडीहरुलाई फागुन ८ गते बिहिवारस्थापना दिवस कार्यक्रममा पुरस्कार प्रदान गरिने बताइएको छ ।