धरान: ११ औं राष्ट्रपति रनिङ सिल्डको पालिकास्तरीय छनौटअन्र्तगत धरानमा प्रतियोगिता शुरु भएको छ ।

धरान उपमहानगरपालिकाअन्र्तगत खेलकुद विकास समितिको आयोजनामा छनौट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन एक समारोहबीच धरानका मेयर तिलक राईले गरेका थिए । पहिलो दिन डिपो माविको खेल मैदानमा एथलेटिक्सका केही खेलहरु सम्पन्न भएका छन् । चार दिने छनौट प्रतियोगितामा धरानका विभिन्न विद्यालयहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु छात्र र छात्रा दुवैको भइरहेको छ ।

प्रतियोगितामा एथलेटिक्स, कराते, उसु, तेक्वान्दो, कबड्डी र भलिवल हुने आयोजक समितिका अध्यक्ष सुवास राईले जानकारी दिए । उनका अनुसार सोमबारदेखि अन्य खेलहरु पनि विभिन्न स्थानमा शुरु हुनेछ । भलिवल डिपोको मैदानमा सोमबारदेखि नै हुनेछ भने अन्य खेलहरु धरान १६ स्थित सेमी कभर्ड हल र धरान ९ स्थित कभर्ड हलमा आयोजना हुनेछन् । प्रतियोगितामा व्यक्तिगत खेलहरुमा प्रथम हुने छात्रा जिल्लास्तरीय प्रतियोगिताको लागि छनौट हुनेछ भने टिम इभेन्टका खेलहरुमा छनौट समितिले खेलाडीहरु छनौट गरेर धरानको टिम तयार गर्ने अध्यक्ष राईले जानकारी दिए । सुनसरीका १२ वटै स्थानीय तहमा छनौट प्रतियोगिता शुरु भएको हो ।

run

आइतबार भएको एथेलेटिक्सतर्फ १५ सय मिटर दौडमा शारदा वालिका माविकी प्रेमकला राई छात्रातर्फ प्रथम भइन् भने डिपोटकी स्मृति राई दोस्रो र धरान माविकी आयुष्मा राई तेस्रो भइन् । यस्तै, सट पुटमा ज्ञानोदय माविका शिवराज तामाङ प्रथम, के. के.इन्टरनेशनलका संयोग इङनाम दोस्रो र शिक्षा सदन माविका आयन बेगा तेस्रो भएका थिए । यस्तै, सय मिटर दौडमा डिपोटकी लियासिया श्रेष्ठ प्रथम, शिक्षा सदनकी सन्ध्या दाहाल दोस्रो र शारदा वालिकाकी प्रेमकला राई तेस्रो भएकी थिइन् । यसैगरि, धरान उच्चमाविका प्रमेश राई प्रथम, डिपोटका आयम राई दोस्रो र भानु स्मृतिका भिमबहादुर तामाङ तेस्रो भएका थिए । 

run1