धरान: अवैधरुपमा धरानको सेहरा खोलामा उत्खनन र तस्करीमा संलग्न गाडीसहित ५ जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिकाको वातावरण महाशाखा, नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले तस्करीमा संलग्न गाडीसहित व्यक्तिहरु पनि पक्राउ गरेको हो । वातावरण निरीक्षक राजु चौहानका अनुसार ३ वटा ट्रिपर र एउटा ट्याक्टर समातिएको छ । पक्राउ पर्नेहरु ४ जना चालक हुन् भने एक जना हेरालु व्यक्ति रहेका छन् । उनीहरुलाई पक्राउ गरि धरान ६ पानवारी ल्याइएको छ । एउटा स्काभेटर पनि खोलामा नै रहेको निरीक्षक चौहानले जानकारी दिए । स्काभेटरको चालक भने चाबीसहित भागेको र स्काभेटर ल्याउन नसकिएको उनले बताए ।

sehra-khola9

चौहानका अनुसार इटहरीले लगाएको ठेक्का क्षेत्रभन्दा २ किलोमिटर उत्तर धरानतर्फ आएर उत्खनन् गरिरहेको पाइए पछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । ‘इटहरीले ठेक्का लगाए पनि धरानले आफ्नो क्षेत्रमा ठेक्का लगाएकै छैन । तर पनि २ किलोमिटर माथि अवैधरुपमा खनिरहेको थियो, यो तस्करी नै हो,’चौहानले भने । रातभरि उत्खनन् गर्ने र दिनभरि ट्रिपर, ट्याक्टरले ओसार्ने गरेको पनि अनुगमनको क्रममा पत्ता लागेको थियो । हेरालु लत्ताकपडासहित रातभर खोलामा बस्ने गरेको पनि नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए ।

sehra-khola1 sehra-khola5 sehra-khola3 sehra-khola4 sehra-khola6 sehra-khola8