काठमाडौँ: सरकारले भोली बिहिबारदेखि शुरु हुन लागेको एसईई परीक्षा स्थगित गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरेको जानकारी दिएका छन् । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा आइसोलेसन कक्षसहित हेल्थ डेस्क राखेर परीक्षा लिने तयारी गरेको थियो ।

स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।