विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सीमा नाकाहरुको आज निरीक्षण गरेका छन् ।

कोरोना भाइरसको जोखिम नियन्त्रणको लागि सरकारले आजबाट सीमा नाकाहरु बन्द गरेपछि नाकाहरुको अवस्थाको जानकारी लिन मुख्यमन्त्री राई सिमा नाकाको स्थलगत निरीक्षणमा पुगेका हुन् । मुख्यमन्त्री राईले आज झापाको काकडभिट्टास्थित नाकाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मुख्यमन्त्री राईले नाकाको सम्पूर्ण जानकारी स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रशासन, प्रहरीबाट लिएका थिए ।

स्थलगत निरीक्षणको क्रममा मुख्यमन्त्री राईले नाका बन्द भएपछि काकडभिट्टाको पानीट्यांकीमा रोकिएका नेपालीहरुको बारेमा पनि जानकारी लिएका थिए । मुख्यमन्त्री राईले रोकिएका नेपालीहरुलाई सबै प्रक्रिया पुर्याएर नेपाल आउन आफूले पहल थालेको जानकारी दिए । मुख्यमन्त्री राईले झापाको कलवलगुरीमा निर्माण भएको क्वारेन्टाईनको पनि निरीक्षण गरेका थिए ।

sima-naka-1

यस्तै, उनले मेची अस्पतालमा तयार गरिएको आईसोलेसन वार्डको पनि निरीक्षण तथा आवश्यक जानकारी लिएका छन् । निरीक्षणका क्रममा मुख्यमन्त्री राईले प्रदेशवासी जनतालाई संयमता र सजकता अपनाउन आग्रह गरेका छन् । कोरोना भाइरसको विरुद्ध सबै मिलेर अगाडि बढ्न उनले आग्रह गरे । निरीक्षणका क्रममा प्रदेश सरकारले मेचीनगर नगरपालिका, कलवलवगुरी क्वारेन्टाईन र मेची अस्पतालमा आवश्यक माक्स र सेनिटाइटर उपलब्ध समेत गराएको छ ।

hospital-cm