इटहरी: वेलायतका डक्टरहरुले इटहरीका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण प्रदान गरेका छन् ।

इटहरी उपमहानगरको पहलमा कोभिड १९ को बारेमा वेलायतका डक्टरहरुको समुह रेप्सिनद्धारा भर्चुअल सम्मेलन गरिएको हो । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा भिडियो कन्फ्रेन्सको माध्यमद्धारा इटहरी लगायत देशका विभिन्न ठाँउका सय वढि स्वास्थ्यकर्मी तथा अभियन्ताहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख चौधरीले सम्मेलन निक्कै प्रभावकारी हुने विश्वास ब्यक्त गरे । वेलायतका डाक्टरहरु प्रकाश सुवेदी,नउसाद खान, प्रकाश रिजाल, दिलिप कुमार यादव, वद्रि सुवेदीले कोभिड १९ संक्रमण र उपचारमा स्वास्थ्यकर्मीहरुले ध्यान दिनुपर्ने कुराहरुका वारेमा सहजीकरण गरेको सम्मेलनका अध्यक्ष राजुकेजीले जानकारी दिए । वेलायतमा कार्यरत डक्टरहरुले घरवाहिर ननिस्कनु र घरमा पनि दुरी कायम गरेर वस्न सुझाव दिएका छन् । लकडाउनका वेला प्रविधिको प्रयोग गरेर स्थानीयतहरुमा गरिएको यो स्तरको सम्मेलन सम्भवत यो नै पहिलो हो । सम्मेलन जुम क्लाउडएप मार्फत भएको थियो ।