धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा.ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको छ ।
प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिश भएका तीन जना मध्ये डा.गिरीलाई आज उपकुलपतिमा नियुक्ती गरेका हुन् । डा.गिरी विराट मेडिकल कलेजका मेडिसन विभाग प्रमुख छन् । उनी मुटु रोग विशेषज्ञ पनि हुन् । सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा बनेको सिफारिश समितिले डा.गिरीसँगै प्रतिष्ठानका कार्यवाहक उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाल र वीपीका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्मालाई सिफारिश गरेको थियो । तीन जना मध्ये कुलपतिले डा.गिरीलाई नियुक्ती गरेका हुन् ।