धरान: लकडाउन उल्लंघन गर्ने क्रम नरोकिए पछि धरानमा प्रहरीले कडा कदम चालेको छ ।

कोरोना भाइरस(कोभिड १९) को संक्रमणको जोखिम भएकोले प्रहरीले लकडाउन उल्लंघन गरि पैदल हिड्ने र मोटरसाइकल, स्कुटरमा हिड्ने सर्वसाधारणहरुलाई नियन्त्रणमा लिन थालेको हो । इलाका प्रहरी कार्यालय धरानले आज साँझ लकडाउन उल्लंघन गर्नेहरुलाई धरान भरिबाट नियन्त्रणमा लिएर पब्लिक हाइस्कुलको मैदानमा २ घण्टा राखेका थिए । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार विना काम र उद्देश्य हिड्नेहरुलाई नियन्त्रणमा लिइएको हो । साथै, काम भएर पनि मास्क विना हिड्नेहरुलाई पनि नियन्त्रणमा लिइएको हो ।

शुक्रबार ९७ जनालाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई कोरोना सम्बन्धि जनचेतनामुलक कक्षा लिएर छोडिएका छन् भने मोटरसाइकल, स्कुटर लगायत सवारीसाधनहरु भने तत्काल फिर्ता नदिइने पनि डिएसपी न्यौपानेले जानकारी दिए । ‘जबसम्म लकडाउन खुल्दैन, तबसम्म सवारीसाधन दिइदैन,’उनले भने,‘मर्निङ वाक र इभिनिङ वाक गर्नेहरुलाई पनि नियन्त्रणमा लिइनेछ ।’

तरकारी, सब्जी खरीद गर्न जादा मोटरसाइकल, स्कुटर प्रयोग नगर्न पनि डिएसपी न्यौपानेले आग्रह गरेका छन् । साथै, मृत्यु भएका आफन्तको घरमा जानुपरे प्रहरीसँग सम्पर्क गरेर मोटरसाइकल नम्बर टिपाएर मात्र जान उनको अनुरोध छ । corona1 dsp corona-ullan

corona-lock corona-lockdown