धरान ः धरान ८ स्थित अरुण टोलका ४६ विपन्न घरपरिवारलाइ सोही वडा निवासी सुकु तामाङ र मनु तामाङले राहत बितरण गरेका छन् ।
प्रतिपरिवार सात किलो चामल, आधा किलो दाल, एक किलो नुन, आधा लिटर तेल, एक पावा न्युटेला र एउटा साबुन उनीहरुले प्रदान गरेका हुन् । दाउरा बेच्ने र मजदुरी गर्ने अतिनिम्न परिवारलाई राहत दिएको उनीहरुले बताए । 'हामीले राहत बितरण गरेको परिवारको स्रोत दाउरा बेच्ने, ज्याला मजदुरी गर्ने रहेछ, उहाँहरुको समस्या नजिकबाट थाह पाएका थियौं,'सुकुले भनिन्,'सरकारले सहयोग गर्छ भनेर चुप लागेर बस्यौं, तर लकडाउन बढे पछि समस्या पनि बढ्यो, र हामीले सहयोग गर्यौं ।'
विपन्न परिवारको समस्या बढ्दै गएपछि मनुसँग मिलेर सहयोग गरेको उनले बताइन् । फुड बैंकमा जम्मा गर्दा आफुले चाहेको परिवारलाई सहयोग गर्न नपाउला कि भनेर आफ्नै वडाका विपन्न परिवारलाई राहत वितरण गरेको उनले बताइन् ।







