धरान: उपचार सेवा दिनको लागि हिडेका एक स्वास्थ्यकर्मीलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले कुटपिट गरेपछि धरान उपमहानगरपालिकामातहतको स्वाथ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरेका छन् ।
उनीहरुले सुरक्षाको माग गर्दै उपमहानगरपालिकामा भेला भएका छ्न । आज बिहान धरान ६ पानवारीमा परिचयपत्र देखाउदा पनि प्रहरीले विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिटेष्ट चन्द्रप्रकाश खनाललाई कुटपिट तथा दुव्यर्ववहार गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । अस्थायी प्रहरी चौकीका सई बि.बि. राउतले कुटपिट, दुव्र्यवहार गर्नुका साथै मोटरसाइकल समेत लिएको पीडितको भनाई छ । यो घटना पछि सम्पुर्ण उपमहानगरपालिका अन्तरगतका सम्पुर्ण स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गर्दै उपमहानगरपालिकामा लिखित निवेदन पनि दिएका छन् ।
पटक पटक सुरक्षा बैठकमा स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई निर्वाध काम गर्न दिने सहमति भएपनि स्वास्थ्यकर्मीमाथि कुटटिप भएकोले गम्भीर ध्यानाकर्षण भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । परिचय देखाउदा पनि मान्दैनौं, सिडिओ कार्यालयकै चाहिन्छ भन्दै कुटपिट गरेको भन्दै स्वास्थ्य संस्थामा काम गर्न सहजरुपमा आवतजावत गर्न दिनुपर्ने बताए । धरानमा आधारभुत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्धन केन्द्रलमा जनस्वास्थ्य अधिकृत, हेल्थ हसिस्टेष्टलगायत ६ दर्जन बढी कार्यरत छन् ।