धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारस्थित पुरानो बैंकलाइनमा अहिले भिषण आगलागी भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म आगलागीबाट कम्तीमा ३ वटा घर जलेर नष्ट भइसकेको स्थानीय दिलु श्रेष्ठले जानकारी दिइन् । पक्की घर पनि आगोको चपेटामा परेकोछ । घरमा भएको ग्याँस सिलिण्डर पनि आगोमा परेको कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । आगलागी भएको स्थान ट्याक्सी पार्कको तल्लोपट्टी हो । सुरक्षाकर्मी, स्थानीय सबै आगो नियन्त्रणको प्रयासमा छन् । आगलागीको कारण खुलेको छैन । (समाचारमा यसअघि विरेन्द्र चोकमा आगलागी भनिएकोमा सच्याइएको छ, पाठकवर्गमा क्षमाप्रार्थी छौं । प्रधान सम्पादक)