धरान: धरान संखुवासभा सरोकार समाजका अध्यक्ष एवं नेकपा धरान वडा नं ३ का सचिव मिङ्मा भोटेको पहलमा मंगलबार राहत वितरण भएको छ ।
धरानको वडा नं ३ मा ७० विपन्न परिवारलाई राहत वितरण भएको हो । वडा नं ३ कार्यालयले उपलब्ध गराएको विपन्न परिवारको नामावलीअनुसार राहत वितरण गरिएको भोटेले बताए । उनका अनुसार करिब ७० हजार बराबरको राहत विपन्न परिवारलाई वितरण गरिएको छ ।
राहतमा १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, आधा केजी सोयाविन र १ प्याकेज नुन दिइएको भोटेले जानकारी दिए । ‘इच्छा शक्ति, एकता र सहयोगी भावना भयो भने कोही पनि भोको रहदैन,’उनले भने ।







