धरान: भारतले नेपाली भुमी लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा धरानको भानुचोकमा आयोजित विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ ।

स्वतःस्फुर्तरुपमा भानुचोकमा आयोजित सामाजिक अभियन्ताहरुको प्रर्दशन र विद्यार्थीहरुको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो । सामाजिक अभियन्ताहरुले लोकतान्त्रिक चौतारीमा आज मध्याह्न भएको शान्तिपुर्ण विरोध कार्यक्रम गरेको थियो । सामाजिक सञ्जालबाट आह्वान गरेर दिउँसो १२ बजेदेखि शान्तिपुर्ण विरोध कार्यक्रम भइरहेको थियो । करिब डेढ घण्टा आयोजना गर्ने भनिएको विरोध कार्यक्रममा अन्तिमतिर प्रहरी आएर हस्तक्षेप गरेको पत्रकार एवं अभियन्ता महेश श्रेष्ठले बताए । ‘१२ बजेदेखि डेढ बजेसम्म शान्तिपुर्ण विरोध कार्यक्रममा थियौं, विद्यार्थी साथीहरु पनि आउने तय भएको थियो,’श्रेष्ठले भने,‘कलेजबाट विद्यार्थीहरु आउन पाएनन्, अन्तिमतिर प्रहरीले आएर हस्तक्षेप गर्यो ।’

birodhko

लोकतान्त्रिक चौतारीमा विरोध प्रर्दशन गर्दै सामाजिक अभियन्ताहरु । तस्बिर: महेश श्रेष्ठ

अभियन्ता श्रेष्ठका अनुसार भारतीय हस्तक्षेप बन्द गर, कालापानी लिम्पियाधुरा हाम्रो भुमी हो लगायत नारा लेखिएको प्रिन्ट गरिएको पर्चासहित विरोध भइरहेको थियो । करिब १ घण्टा २० मिनेट पछि प्रहरीले ती पर्चाहरु लगेको श्रेष्ठले बताए । ‘सामाजिक दुरी कायम गरेर नै शान्तिपुर्ण विरोध भइरहेको थियो, अन्तिमतिर आएर पर्चाहरु सबै खोसेर लग्यो,’श्रेष्ठले भने ।

यस्तै, २ बजेतिर विद्यार्थीहरुले पनि विरोध प्रर्दशन गरेका थिए । महेन्द्र बहुमुखी क्याम्पसबाट र्याली निकालेका थिए । भारतीय विस्तारवाद मुर्दावाद नारा लगाउदै विद्यार्थीहरुले प्रर्दशन गरेका थिए । उनीहरुलाई प्रहरीले भानुचोकमा उभिएर नाराबाजी गर्न दिएन् । ‘भानचोक केही बेर तनाव भयो, त्यहाँ केहीबेर योजना गर्ने योजना भानुचोकमा विफल भयो, प्रहरीले दिएन,’क्याम्पसका स्ववियु सभापति सागर चेम्जोङले भने,‘हामी फेरि कलेजसम्म नै आयौं ।’andolanbirodh birodh1