धरान: नेपाली भुमिलाई भारतले कब्जा गरेको विरोधमा नेवि संघले धरानमा आयोजना गरेको प्रर्दशनमा प्रहरीले धरपकड गरेको छ ।

भानुचोकबाट प्रहरीले ९ जना पक्राउ गरेको स्ववियु सचिव एवं संघका कार्यवाहक ईकाई सभापति दोर्जी शेर्पाले जानकारी दिए । उनीसहित संघका जिल्ला सचिव टकेन्द्र राई, रोशन चोङबाङ इकाई सचिव, जिल्ला सदस्य विमल बुढाथोकी, क्षेत्रीय सचिव विनोद आले मगर, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका इकाई उपसभापति कृष्ण बडु ईकाई सहसचिव अजय लिम्बु, क्षेत्रीय सदस्य उत्तम राई,अजित लिम्बु पक्राउ परेका छन् । महेन्द्र बहुमुखी क्याम्पसबाट नेवि संघले विरोध प्रर्दशन शुरु गरेको थियो ।

IMG_0374.psd 1

क्याम्पस अघि नै प्रहरीले रोक्ने प्रयास गरेपछि विद्यार्थीहरुले प्रहरीलाई छक्याउदै भानुचोकसम्म पुगेका थिए । विद्यार्थीको विरोध प्रर्दशनमा तरुण दलको पनि सहभागिता रहेको थियो । क्याम्पसबाट निस्केको विरोधमा भारतसँगै प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि नारा लागेको थियो ।

IMG_0365.psd - Copy - Copy IMG_0368.psd - Copy - Copy IMG_0371.psd - Copy - Copy IMG_0382.psd - Copy IMG_0408.psd - Copy IMG_0387.psd - Copy IMG_0390.psd - Copy IMG_0399.psd - Copy IMG_0409.psd - Copy IMG_0411.psd - Copy