धरान: नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल संख्या २६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राती प्रेश विज्ञप्ती जारी गर्दै पर्सा, उदयपुर, दाङ र काठमाण्डौंमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगञ्जमा ९ र १० बर्षीय दुई वालक तथा २३ र ४७ बर्षीय दुई महिला गरी ४ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यस्तै, उदयपुरको त्रियुगा नगरपालिकाका २५ बर्षीय पुरुष पनि संक्रमित भएको पुष्टि मन्त्रालयले गरेको छ ।उनी सञ्चारकर्मी भएको बताइएको छ । योसँगै प्रदेश १ मा कुल संक्रमित संख्या ३६ पुगेको छ ।
यसैगरि, दाङको गढवा ४, ५ र तुलसीपुर ७ का २३, ३६ र ३४ बर्षीय पुरुषहरु पनि संक्रमित भएको रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । यस्तै, काठमाण्डौं सतुंगलका ७ बर्षीय वालक पनि संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट संक्रमण भएको रिपोर्ट आएको सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको पनि विज्ञप्तीमा उल्लेख छ ।