धरान: धरान ८ स्थित सहिद स्मृति माविको दक्षिण पुर्वतर्फको कम्पाउण्ड वाल स्थानीयबासीले भत्काइदिएका छन् ।

बाटो खोल्नको लागि यसअघि भएको सम्झौता वमोजिम नै कम्पाउण्ड वाल भत्काएको स्थानीयको भनाई छ । गत कार्तिक २५ गतेको सहमति अनुसार ३ वटा बाल विकास केन्द्रको भवन र एउटा हेरालु बस्ने भवन पनि भत्काइने सहिद स्मृति मार्ग उपभोक्ता निर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष आइतराज लिम्बुले गत कार्तिक २५ गते तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितिमा विद्यालयका प्रअसहित भएको लिखित सहमति वमोजिम काम अघि बढाइएको बताए ।

sahid6

स्कुलले दक्षिण पुर्वतर्फ कम्पाउण्ड वाल तथा कक्षा कोठाको भवन निर्माण गरेपछि त्यसक्षेत्रका स्थानीयले प्रयोग गर्दै आएको हिड्ने बाटो बन्द भएको थियो । साथै, बर्षामा पानीको निकास नहुदा स्कुलबाट निस्कने पानीको भेलले घरखेतमा क्षति पुग्ने गरेको भन्दै स्थानीयबासीहरु रुष्ट थिए । पटक पटक बाटो र पानी दुवैको निकास दिन स्कुललाई आग्रह गरेपनि सुनुवाई नभएको स्थानीयको गुनासो छ । उनीहरुले उपमहानगरपालिकामा पनि निवेदन दिएका थिए । त्यहाँ पनि थुप्रै पटक छलफल भएपनि विवाद समाधान भएन । गतको मंसिर १४ गतेको उपनिर्वाचन अघि कार्यवाहक मेयर भण्डारीले स्थानीयसँग बैठक बसेर सहमति गरेकी थिइन् ।

के छ कार्तिक २५ गतेको सहमतिमा ?

sahid2

गत कार्तिक २५ गते तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतमा बसेको बैठकले २ वटा प्रस्तावमा लिखित सहमति गरेको देखिन्छ । पहिलो प्रस्तावमा सहिद स्मृति माविको बाटो व्यवस्थान गर्ने बारे छ । त्यस प्रस्तावको निर्णयमा विद्यालयको पुर्वतर्फ उत्तर दक्षिण हुने गरी १४ फुटको बाटो निर्माण गर्ने र उक्त बाटो आधा आधाको सिद्धान्त वमोजिम निर्माण हुने निर्णय भएको छ ।

यस्तै, दोस्रो प्रस्तावमा क्षतिपूर्ति सम्बन्धी बुँदामा विद्यालयको पुर्वतर्फ र इन्दु शाक्यको जमिनको पश्चिमतर्फ इन्दु शाक्यको जमिनको लम्बाईसम्म विद्यालयले ८ फुट जग्गा योगदान गर्ने निर्णय भएको छ । यसैगरि, विद्यालयले बाँकी ६ फुट बाटो वापतको यथार्थ मुल्यांकन गरेर विद्यालयलाई क्षतिपूर्ति दिने निर्णय पनि सोही बैठकले गरेको थियो । यस्तै, बाटो तथा क्षति भएको भौतिक संरचना पुनः स्थापनाको लागि प्राविधिकको यथार्थ मुल्यांकन गरी उपभोक्ताको तर्फबाट एकमुष्ट ५ लाख योगदान गर्ने र बाँकी नगरपालिकाको योगदान रहने निर्णय पनि उक्त बैठकले गरेको छ ।

विकल्प तयारी विनै भत्काइयो: व्यवस्थापन समिति अध्यक्ष

sahid4

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पुर्वमेयर मनोज मेन्याङ्बोले भने सहमति वमोजिम वाल कक्षाको विकल्पमा कक्षा कोठा स्थानान्तरण नगरी भत्काइएको भन्दै असन्तुष्टी जनाएका छन् । उनले आज कम्पाउण्ड वाल भत्काउने बिषयमा औपचारिक जानकारीसमेत नगराइएको बताए ।

अध्यक्ष मेन्याङ्वोले मेयर र उपमेयरबीचको टसलको कारण विद्यालयलाई क्षति पुगेको बताउँछन् । ‘भवन भत्काउनुअघि अस्थायी कक्षा तयारी गर्नुपर्ने थियो, तर त्यो नगरी एकैचोटी भत्काउन शुरु भयो । अब कक्षा शुरु हुदा केटाकेटीहरुलाई कहाँ पढाउने ? पहिला त्यो विकल्प तयारी हुनुपर्छ,’उनले भने,‘उपमेयरले चुनावको मुखमा किन सहमति गरेको भन्ने मेयरको कुरा छ, र मेयर, उपमेयरको टसलले सहमतिअनुसार काम गर्न समस्या भयो ।’ उनका अनुसार उपमेयरले ४ वटा कोठा बनाउनको लागि प्रस्ताव पेश गरेपनि मेयरले स्वीकार नगरेको र भत्काउन आदेश दिएको बताए ।

sahid10 sahid9

sahid sahid5 sahid8 sahid7