धरान: सुनसरी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय धरानबाट सरुवा भएका डिएसपी ढुण्डीराज न्यौपानेलाई विदाई कार्यक्रम आयोजना गरेको छ ।

संघले सोमबार बस्तुगत संघहरुसँग बजार खुला गर्ने बिषयमा आयोजित कार्यक्रममा नै डिएसपी न्यौपानेलााई विदाई कार्यक्रम पनि गरेको हो । सो कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, सुनसरी उद्योग वाणिज्य संघका वस्तुगत संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । न्यौपानेले १३ महिना धरानमा रहेर शान्ति सुरक्षामा इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हालेका थिए ।

dsp

धरानमा बसाईको क्रममा नगरमा पु¥याउनु भएको सेवाका लागि संघका अध्यक्ष गिरीधारी सापकोटाले संस्थागत र समग्र धरानका व्यवसायीहरुकोतर्फबाट आभार व्यक्त गरे । डिएसपी न्यौपानेले १३ महिना छोटोरुपमा बितेको बताए । उनले धरानमा आउनु अघि गाह्रो हुने चर्चा सुने पनि धरानबासीको साथ र सद्भावले सहज भएको अनुभव सुनाए । ‘धरानको बारेमा चर्चा सुनेको भन्दा फरक धरानवासीकोे साथ र सद्भाव पाएँ, जसले गर्दा मलाई अत्यन्तै सहज महशुस भयो । यो १३ महिना १३ दिन जस्तो छोटो महशुस भएको छ,’उनले भने ।

dsp-dhundi1

डिएसपी न्यौपानेले शुरुमा धरान आउदा सबैलाई चिन्न गाह्रो भए पनि आजको विदाई कार्यक्रममा सबैको माया पाउ“दा आफूलाई गौरन्वान्वित महशुस गरेको र जिम्मेवारी बढेको अनुभूति भएको बताए । संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष लगायत वस्तुगत संस्थाका अध्यक्षहरुले डिएसपी न्यौपानेलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।