धरान: मायाघर ईटहरीमा धरान १५ का युवाहरुले खाद्य सामग्री हस्तान्तरण गरेका छन् ।

श्याम चोक युवा समुह धरानका युवाहरुले मायाघरमा पुगेर मंगलबार खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । लकडाउनले गर्दा समस्या पर्दै गएको थाह पाएपछि सहयोग गरिएको युवा समुहले जनाएको छ । वेसहारा भएका साना बालबालिकाहदेखि वृद्धवृद्धाहरुलाई पनि इटहरीको माया घरले आश्रय दिइरहेको छ । लकडाउनले गर्दा यहाँ पनि खाद्यान्न अभाव हुन थालेको खबर पाए पछि खाद्यान्न सहयोग गरिएको युवा समुहका संस्थापक अध्यक्ष प्रकाश गिरीले जानकारी दिए ।

समुहले ५० केजी चामल, १० केजी चिउरा, १ कार्टुन तेल, नुन ५ केजी, स्वयाबिन ५ केजी, चाउचाउ ४ कार्टुन, भुजा ५ केजी, सेतो मटर १० केजी, मुसुरी दाल १० केजी, आलु १ बोरा, चिनी १० केजी, चिया ५ केजी, प्याज १० केजी, अण्डा १०० वटा दिइएको गिरीले जानकारी दिए ।

maya-ghar

यसै गरी ६ महिना देखि १ वर्षसम्मका बच्चाहरुका लागि पेम्पस ५ प्याकेट साथै सरसफाईका लागि नुहाउने साबुन ५० थान र लुगा धुने साबुन १ कार्टुन पनि माया घरकी सचिव शुभद्रा प्याकुरेललाई समुहका पदाधिकारीहरुले हस्तान्तरण गरेका थिए । माया घर ईटहरीमा खाद्यान्न सामग्री दिन पाउदा खुसी लागेको बताउछन् श्याम चोक युवा सुमहका अध्यक्ष ललित योञ्जन ।

देश तथा विदेशमा रहेका श्याम चोक निवासीहरुबाट रकम संकलन गरिएको अध्यक्ष योञ्जनले जानकारी दिए । 'हामीले पुलको काम मात्रै गरेको हो, आर्थिक सहयोग देशविदेशबाट उठेका हो,'अध्यक्ष योञ्जनले भने । खाद्यान्न सामग्री वितरणका लागि श्याम चोक युवा समुहका अध्यक्ष, संस्थापक अध्यक्षसहित निर्वतमान उपाध्यक्ष तारा राई, निवर्तमान सचिव विकास योञ्जन, महिला संजाल अध्यक्ष सबिता राईलगायतको उपस्थिती रहेको थियो ।

mayaghar