धरान: धरान उपमहानगरपालिकामा आइतबार कर्मचारीहरुसँगै सेवाग्राहीहरुको बाक्लो ओहोर दोहोर थियो । सेवाग्राहीहरुसँगै उपमहानगरपालिकामा बाँदरको पनि उपस्थिति भयो, जसले निक्कै बेरसम्म त्रास सृर्जना गरायो ।

धरानमा बाँदरको आतंक बजार क्षेत्रमा सामान्य नै बनिसक्यो । विजयपुर डाँडामा बाँदरहरु बस्छन् । त्यहाँबाट बजार क्षेत्रमा आउन थालेको बाँदरहरु हिजोआज टाढा टाढासम्म पुग्न थालेका छन् । आइतबार धरान १२ चतरालाइनस्थित उपमानगरपालिका कार्यालयमा आएका बाँदरले केहीबेर आतंक मच्चायो । मेयर, उपमेयरको कार्यकक्ष बाहिर बसिरहेका सेवाग्राहीहरुलाई आक्रमण गर्न खोजेको थियो । सेवाग्राहीहरु त्रसित हुन पुगेका थिए ।

 कार्यालयका एक कर्मचारीका अनुसार हिजोआज दिनहुँजसो बाँदर आएर त्रसित बनाउन थालेको छ । लकडाउनले बजार, पसलहरु नखुलेको र भोकले छटपटिएर हिंस्रक भएको उनको अनुमान छ । ‘दिनहुँ जसो आइरहेको छ, त्रसित बनाउछ । कार्यालय कोठाभित्र नै पनि पसेर आतंक मच्चाउछ,’उनले भने ।monkey monkey1 monkey-dharan