धरान: प्रदेश नम्बर १ मा सरकारले आज आर्थिक बर्ष २०७७/०७८ को बजेट पेश गर्दैछ ।

प्रदेश सभामा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले करिब ३५ अर्बको बजेट प्रस्ततु गर्ने बताइएको छ । बजेटमा मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र कृर्षिलाई दिइएको छ । बजेटले रोजगारी सृर्जना हुने कार्यक्रमहरु समेट्नेछ भने नयाँ ठुला योजनाहरु सरकारले थप्ने छैन । चालु आर्थिक बर्षमा जारी रहेको बहुबर्षीय योजनाहरुलाई बजेटले निरन्तरता दिने बताइएको छ ।