धरानः नेपालका काेराेना संक्रमितकाे सँख्या ८ हजार ६ सय ५ पुगेकाे  छ । अाज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले प्रेम व्रिफ्रिङमार्फत ३ सय ३१ थपिएसँग संक्रमितकाे सँख्या बढेकाे हाे ।

मन्त्रालयका अनुसार हालसम्म निकाे भएर घरफर्किनेमा १५ सय ७८ पुगेका छन् । पछिल्लाे २४ घण्टामा मात्रै १ सय ७६ डिस्चार्ज भएका छन् । जसमा १८ महिला र १ सय ५८ पुरूष छन् ।