विराटनगरः प्रदेश एकको केही बेरअघि संसद बैठक अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वर्षे अधिवेशनमा प्रदेश एकको नामको प्रस्ताव ल्याउन माग गरेको छ ।

आजको संसद बैठकको शुरूवातमा उठेर विरोध जनाएको कांग्रेसलार्इ सभामुख प्रदीप कुमार भण्डारीले बोल्न समय दिएका थिए । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अहिलेसम्म प्रदेशले नाम नपाएको भन्दै यही छैटौँ तथा वर्षे अधिवेशनमा नाम ल्याउन माग गरेका थिए । साथै विपतसँग जुधिरहेका जनता काठमाण्ठौ जान कोरोना टेस्ट अनिवार्य गरेको विषयमा पनि कांग्रेसले आपत्ति जनाएको थियो ।

काठमाण्डौले अझै केन्द्रिकृत सोच देखाएको भन्दै प्रदेश सरकारले संघीय सरकारसँग अधिकारका लागि प्रदेश सरकार लड्न नसकेको पनि कांग्रेसले आरोप लगाएको छ ।