धरान: पहाडी क्षेत्रमा पनि निरन्तर बर्षा भएपछि कोशी नदीको वहाव बढ्दै गएको छ ।

वहाव बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज मध्याह्न १२ बजे कोशीको वहाव १ लाख ७६ हजार ५ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । बिहान भने १ लाख ५ हजार क्युसेक मापन गरिएको नेपाल प्रहरीका असई कुलबहादुर खत्रीले जानकारी दिए ।

असई खत्रीका अनुसार ‘हिजो देखि नै कोशीमा पानीको वहाव बढ्दै गएपछि ब्यारेजको ढोका पनि क्रमशः धेरै संख्यामा खोलिदै गएको हो । ‘पहाडी क्षेत्रमा पानी परिरहे पछि कोशीमा पानीको वहाव पनि बढ्दै गएको छ,’उनले भने,‘अहिलेसम्म जम्मा २६ वटा ढोका खोलिएको छ ।’

koshi-barrage1

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माका अनुसार पहाडी क्षेत्रमा बर्षा कम हुदै गएपछि पानीका वहाव पनि घट्दै जान्छ । ब्यारेजमा २ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड पानीको वहाव मापन भएपछि मात्र खतराको साइरन बज्ने उनले बताए । ‘अहिले समस्या छैन । अवस्था सामान्य छ,’उनले भने । तस्बिर/भिडियो: कोशी ब्यारेज कन्ट्रोल रुम

koshi-barrage2 koshi-barrage3 1