धरान: मोरङ र धनकुटामा दुर्घटनामा परी हिजो(सोमबार) दुई जनाको ज्यान गएको छ ।

मोरङको धनपालथान गाउँपालिका ५ मा ट्याक्टरले चेपिएर स्थानीय २२ बर्षीय मो.सजाद मियाको मृत्यु भएको हो । सोमवार दिउँसो ३ बजे वडा ६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो । ट्याक्टर पल्टिदा खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियालाई किचेको थियो । मियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान कार्य भईरहेको छ भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरि, धनकुटाको साँगुरीगढी गाउँपालिका ६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमवार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटा तर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पुगेको थियो भने सडकबाट करिब ५० मिटर तल खस्दा ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका ९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त दुर्घटनामा कल्पना सुब्बाको १२ बर्षीया छोरी जुनु सुब्बा सामान्य घाईते भएकी थिइन् ।