विराटनगरः प्रदेश १ संसदमा सांसदहरूको आँखा चेक गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

सत्तारूढ दल नेकपाका सचेतकसमेत रहेका बृद्दिकुमार राजभण्डारीले सरकारले बनाएको योजनाको रातो किताबलार्इ संसदमा बोल्ने केही सांसदले कालो किताब भनेको प्रति आपत्ति जनाउँदै आँखा कमजोर भएको हुनसक्ने कटाक्ष गरे ।

सम्मानीत संसदमा सरकारको रातो किताबलाइ कालो भन्नु अमयार्दीत भएको उनको भनाई छ । सरकारले गरेको कामको राम्रो कामलाइ राम्रो भन्न नसक्नु छटपटाहट भएको हुनसक्ने भन्दै यसलाई कम गर्न उनले आग्रह पनि गरे । 'म धेरै बोल्ने काम गर्दिन रतन्धोलाई ठिक गर्ने काम गरौं,' राजभण्डारीले भने 'सभामुख महोदय, संसदको एउटा कुनामा आँखा चेक गर्ने व्यवस्था गरिहालौँ ।'

त्यस्तै राजभण्डारीले हिमाल, पहाड र तराइमा गएको बजेटमा समयमै सक्ने प्रावधान मिलाउन आग्रह गरेका छन् । हिमाली र पहाडी क्षेत्रमा जाने कार्मचारीलाइ सुविधा बढाएर भए पनि जनताको काम गर्न बढी समय बस्ने प्रबन्ध गर्न उनको माग छ ।