विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस (कोभिड १९) सँक्रमित मध्ये ६९ प्रतिशत संक्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म प्रदेश १ मा ५ सय ७८ व्यक्ति संक्रमित भएका छन् । ति मध्ये ३ सय ९२ जना डिस्चार्ज भएर घर फर्केको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख सागर प्रसाईले जानकारी दिए । उनका अनुसार निको हुनेमा ३२ महिला र ३ सय ६० पुरुष रहेका छन् ।

हालसम्म प्रदेश १ का १४ जिल्लाकै नागरिक कोभिड १९ को संक्रममा परेका छन् । तर, त्यो सँक्रमण समुदाय तहमा नभएर सीमाबाट नेपाल प्रवेश गर्दा सो जिल्लाका ठेगाना लेखिएका नागरिक हुन् । प्रदेश १ सरकारले कोरोनाको समुुदाय तहसम्ममा फैलिन नदिन भुल्क मोडेल अवलम्वन गरेका कारण यसको जोखिम कम भएको बताएको छ ।

clickdhara3

सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार भुल्केमा विज्ञको टोली अनुसन्धान गर्न पठाइएको र त्यसाको रिपोर्ट समेत आएको हुँदा सोहि थ्यौरीलाई आधार बनाएर धनकुटा र झापाका विभिन्न पालिकामा अवलम्बन गरिएका हो । सीमा नाकाबाट नेपाल भित्रिने नागरिकलाई सहि ढंगले स्क्रिनिङ गरेर सिधै होल्डिङ सेन्टर र सम्बन्धित पालिकाले क्वारेन्टिनमा लग्ने गरिएको छ ।

यसरी आउने नागरिकको अनिवार्य पिसिआर टेस्ट हुन्छ भने पोजेटिभ देखिएका नागरिकसँग सम्पर्कमा रहेका सबै नागरिकको शुक्ष्म निगरानी गरिन्छ । अझै चुनौती टरेको छैन मन्त्री घिमिरेले अहिले प्रदेश १ को अवस्था आत्तिहाल्ने नभए पनि कम चुनौतीपुुर्ण भने नभएको जानकारी दिएका छन् ।

खुल्ला सीमा भएको हुँदा त्यहाँबाट हुने आउजाउले थप समस्या निम्तिनसक्ने हुँदा त्यसको उचित व्यवस्थापनमा सरकार गम्भिर भएको उनको भनाई छ । 'भारतले पुुर्ण रुपमा कोरोना जोखिम टरेको जानकारी नदिएसम्म हाम्रो मुलुकको जोखिम हट्दैन ।' मन्त्री घिमिरेले भने 'यद्धपी हामीले कोरोना नियन्त्रण र नागरिकको व्यवस्थापनमा अरुको लागि उदाहरणीय बन्ने काम भने पक्कै गरेका छौँ ।'