धरान: पछिल्लो चौबिस घण्टामा नेपालमा ३१६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार ७१ जना महिला र २४५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ । ती मध्ये महिला संक्रमितको संख्या १ हजार ६ सय ५७ जना छन् भने पुरुषहरुको संख्या ११ हजार ९ सय ७ जना रहेको छ ।