धरान: धरानको एक होटलमा झुण्डिएको अवस्थामा एक व्यक्ति झुण्डिएर मृत अवस्थामा भेटिएको छ ।

धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेट अघिको यति होटलमा इटहरीका नविन खनाल झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार दिउँसो करिब ४ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको थियो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

प्रहरीका अनुसार मृतक हिजो धरान आएर होटलमा बसेको खुलेको छ । मालपोत र अस्पतालमा काम छ भनेर उनी होटलमा बसेका थिए । उनको खास नाम नविन खनाल भएपनि होटलमा जीवन खनाल भनेर नाम टिपाएको खुलेको छ । ‘हिजो आएर होटलमा बसेको रहेछ । उपचार र मालपोतमा काम छ भनेका रहेछन्,’डिएसपी बस्नेतले भने,‘झुण्डिएको अवस्थामा भेटे पछि खबर आयो । प्रारम्भिक अनुसन्धानको काम भइरहेको छ ।’