विराटनगरः प्रदेश १ का नेकपाका जिल्ला नेताहरुले पार्टीलाई फुटको दिशातर्फ लग्न नहुने साझा धारणा बनाएका छन् ।

आज विराटनगरमा सबै जिल्ला अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ती निकाल्दै पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनिहरुले पार्टी नेतृत्वलाई दबाब दिन प्रदेश एक नेकपाको संयुक्त स्वर सार्वजनिक गरेका हुन् । उक्त भेलामा सहभागी नेता लक्षमण तिवारीले अप्ठ्यारो परिस्थितिको सृजना भएको बेला नेताहरुलाई एकै ठाउँमा उभिन दबाब स्वरुप सबै जिल्ला नेताहरुले एकमतले निर्णय गरेको जानकारी दिए ।

मोरङ पार्टी अध्यक्ष ऋषिकेश पोख्रेलले पार्टी एकतालाई कमजोर नपार्न दबाब दिने गरि कार्यक्रम गरिएको बताए । उनका अनुसार सबै जिल्लाका पार्टी अध्यक्ष र सचिवले उक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । वक्ताहरूले पाटी िभत्रकाे समस्यालाइ सँवादकाे माध्यमबाट समाधान गर्न अाग्रह गरेका छन् ।

nekapa-press