चीनीया राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर पक्राउ

  • प्रकाशित: असार २३, २०७७ / 195 पटक पढिएको
  • क्लिक धरान
alt

काठमाडौं: राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ ।

प्रोफेसर शू झान ग्रुनले कोरोना भाइरसको बिषयमा राष्ट्रपतिको आलोचना गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनलाई हिरासतमा लिएका हुन् । ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गए ।

यसअघि कोरोना महामारीमा सरकारको कामकारवाहीको आलोचना गर्दै एक लेख लेखेको भन्दै उनलाई घरमै नजरबन्द गरिएको थियो । अहिले हिरासतमा लिइएका ती प्रोफेसरका एक साथी जेंग जिओनेनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘उनी म पक्राउ पर्छु भनेर मानसिक रुपमा पूरै तयार थिए । उनले आफ्नो झोलामा आफ्ना कपडा, टुथब्रस राखिसकेका थिए ।’ प्रोफेसर ग्रुनले यसअघि एउटा व्यक्ति कतिपटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर पनि प्रश्न उठाएका थिए । त्यसबेला सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित