धरान: आज धरानमा दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका एक महिला र पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार एक जना धरान ३ की ३६ बर्षीय महिला र धरान १९ का ३१ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । महिला दिल्लीबाट आएर क्वारेन्टाइनमा थिइन् भने पुरुष कतारबाट आएका हुने ।

यस्तै, अन्य ६५ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरुलाई क्वारेन्टाइनबाट घर पठाइएको पनि महाशाखा प्रमुख मेहताले जानकारी दिए । ‘२ जनाको पोजेटिभ रिपोर्ट आएकोले वीपी हस्पिटल पठाइसक्यौं, अरु ६५ जनाको नेगेटिभ रिपोर्ट भएकोले घर पठायौं,’मेहताले भने ।