धरान: नेपाल प्रहरीको महानिरीक्षक(आइजिपी)मा शैलेश थापा क्षत्री बढुवा भएका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापा क्षत्रीलाई आइजिपीमा बढुवा गर्ने सरकारले निर्णय गरेको हो । आज बसेको मन्त्रीपरिषद बैठकले ५२ बर्षीय थापालाई २८ औं आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । उनी वरीयतामा पहिलो नम्बरमा थिए । आइजिपी दौडमा थापा क्षत्रीसँगै एआइजी हरिबहादुर पाल पनि थिए । दुवै एकै दिन प्रहरी सेवामा प्रवेश गरेका थिए ।

थापा प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउदैछन् । तीस बर्षे सेवा अवधि वमोजिम थापा २०७९ वैशाख १९ गतेसम्म आइजिपी रहनेछन् । उनी प्रहरीमा व्यावसायिक र इमान्दार अधिकृतका रुपमा परिचित छन् । उनी २०२५ मंसिर २ गते भक्तपुरको कटुञ्जेमा जन्मिएका हुन् । उनले २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।