धरान: धरान १४ विजयपुरस्थित बेलडाँडा भन्ने ठाउँमा आगलागी भएको छ ।

केही बेरअघि भएको आगलागीबाट २ वटा घर जलेरको प्रहरीको भनाई छ । स्थानीय विष्णु राई र कमल राईको घरमा आगलागी भएको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार विष्णु राईको घरबाट आगलागी शुरु भएको थियो । ग्याँस लिक भएर शुरु भएको आगलागीले विष्णु राईको घर पुर्णरुपमा जलेर नष्ट भएको छ । अर्का छिमेकी कमल राईको घरमा पनि क्षति पुगेको छ ।

अहिले आगलागी नियन्त्रणमा आइसकेको पनि डिएसपी बस्नेतले जानकारी दिए । ‘विष्णु राईको घर पुरै क्षति भएको छ, कमल राईको घर आधा जलेको छ,’डिएसपी बस्नेतले भने । स्थानीयका अनुसार आगलागी पीडित दुवैको घर धरान ४ दानाबारीमा पनि छ । आगलागीबाट क्षतिको पुर्ण विवरण भने आउन बाँकी छ ।