सिन्धुपाल्चोक- बुधबार राती सिन्धुपाल्चोकमा अबिरल बर्षासँगै आएको डेढ दर्जन घर बगाएको छ भने २ जनाको मृत्यु भएको छ । अझै थुप्रै वेपत्ता छन् ।

बाढीले जिल्लाको बाह्रबिसे नगरपालिकामा ठुलो क्षति पुर्याएको हो । प्रहरीका अनुसा बाह्रबिसे–५ गाती जम्बुस्थित एल्मो ठाडो खोलामा बाढी आएको थियो । उक्त खोलाको बाढी बस्तीतिर बसेपछि धन-जनको क्षति गरेको हो । वेपत्ता भएका मध्ये २३ बर्षीय निकेश बस्नेत र उनकी ३ बर्षीय छोरीको शव भेटिएको छ ।

यस्तै, बाढीले घर बगाएको छ भने वेपत्ताको वास्तविक संख्या अझै यकिन भइसकेको छैन । कसैले ९ जना वेपत्ता भएको बताउँछन् भने कसैले १४ जना बताइरहेका छन् । तर, वेपत्ताको खोजी नेपाली सेना, प्रहरी र स्थानीयले गरिरहेका छन् । तीन जनाको उद्दार भएको छ । बाढीले अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएको छ । यसले जनजीवन अस्तव्यस्त बनेको छ ।