मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका ६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् ।

स्थानीय ५४ बर्षीया तिल माया चौहान र उनको छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानले बुधवार बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् । बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे उपचारको लागी दमकको आम्दा अस्पताल पुर्याएर उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।