धरान: प्रदेश १ को विभिन्न जिल्लामा तीन जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र, ओखलढुंगा र भोजपुरमा तीनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ओखलढुङगाको सिद्धिचरण नगरपालिका(८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाण्डौबाट रड बोकेर सोलुको बेनी तर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक आज बिहान साँढे ४ बजे अचानक दुर्घटना भएको थियो । दुर्घटनामा ट्रक चालक दोलखा जिरी नगरपालिका ४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमा नै मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरि, निगुरो टिप्न जंगल गएका सुनसरीको बराहक्षेत्र नगरपालिका(११ का २८ बर्षीय संजिव मेहेताको लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे साथीहरुसंगै कोशी किनारामा निगुरो टिप्न गएकोमा चिप्लीएर कोशीको पानीमा खस्दा मेहता घाईते भएका थिए । मेहेतालाई संगै गएका साथीहरुले तत्काल उद्धार गरी उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाएको थियो । उनको उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै, भोजपुरको पौवादुम्बा गाउँपालिका(३ का १८ बर्षीय दिवस राईको खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजे उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी प्रहरीमा पुगेको थियो । ईलाका प्रहरी कार्यालय तिवारी भञ्याङबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।