धरान: नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध खनिएका भारतीय न्युज च्यानलहरुले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे अर्नगल र भ्रमपुर्ण समाचारहरु प्रसारण गर्न थालेपछि ती न्युज च्यानलहरु नेपालमा बन्द गरिएको छ ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिदिएका हुन् । आज बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले मिडियाहरुलाई जानकारी दिएका छन् ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । भारतीय च्यानलहरुले पछिल्लो समय प्रधानमन्त्री ओली र चिनिया राजदूतलाई जोडेर आपत्तिजनक,अतिरन्जित र अनर्गल प्रचार गरिरहेका छन् । इन्टरनेटबाट आउने सामग्री रोक्न भने गाह्रो हुने शर्माले बताए ।