ईलाम: ईलामको माई नगरपालिका १ पालटारमा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो साँढे २ बजे खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो । ट्याक्टर खस्दा चालक माई नगरपालिका १ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ बर्षीय बालक नितेश गिरी घाइते भएका थिए । दुवैलाई उपचारको लागी झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ। अर्का घाईते १९ बर्षीय समिर बिश्वकर्माको झापाको बि एण्ड सी अस्पतालमा उपचार भईरहेको छ ।