सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका ६ श्रीपुरका सुनिल कुमार मुखिया, सुनिल कुमार यादब, बिरेन्द्र मरवैता यादब, बराहक्षेत्र नगरपालिका १ चतराका राजु शर्मा, वराहक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बिरपुरका शिबु भनिने राकेश कुमार मण्डल रहेका छन् ।

हिजो दिउँसो साढे १२ बजे कोशी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिल कुमार मुखीयालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा अन्य ६ जना पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट ३२६ बोतल डाईलेक्स डिसी, स्पास्मोप्रोक्सिवन १८७२ क्याप्सुल र थप एक थान मोटरसाईकलसमेत फेला पारेको प्रहरीले जनाएको छ ।