धरान: रूपान्तरण नेपालले धरान उपमहानगरपलिका भित्रका पत्रकारहरुलाई शुक्रवार संचार सामग्री वितरण गरेको छ ।

धरान ७ स्थित होटल सन्ध्या इनको सभाहलमा संपन्न कार्यक्रममा सामग्री वितरणसंगैे अहिलेको संविधानमा मिडिया कानुन सम्बन्धी अन्तरकृया कार्यक्रम समेत गरेको हो । प्रदेश १ निर्वाचन क्षेत्र विशेष कार्यक्रमको सहयोग र रुपान्तरण नेपालको आयोजनामा संपन्न भएको उक्त कार्यक्रममा मिडिया कानुन सम्बन्धी जानकारी ब्लाष्ट टाइम्सका सम्पादक किशोरकुमार कार्कीले दिएका थिए ।

विशेष गरी लकडाउनका बेला कोरोना संक्रमितको रिपोर्टिङ गर्दा अपनाउनुपर्ने गोपनियता र बढिरहेको आत्महत्याको सुचना दिँदा ध्यान दिनुपर्ने कुरा लगायतको विषयमा छलफल चलेको थियो । यस्तै, कार्कीले नेपालको संविधानमा रहे अनुसार मिडिया कानुन र आचार संहिताले के बताउँने बारेमा जानकारी गराएका थिए ।

1 (9).psd

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख माननिय प्रदिपकुमार भण्डारीले हालको बन्दाबन्दीको परिस्थिती स्मरण गर्दै देशको विषम परिस्थितीका बेला सुचना सम्प्रेशन गर्दा अन्य बेला भन्दा बढी संवेदनशिल हुनेपर्ने बताए । यस्ता परिस्थितीमा मिडियाले आचार संहिताको उच्चतम विन्दुमा रहेर निष्पक्ष रिपोर्टिङ गर्नुपर्ने चुनौती रहेको बताउँदै यसको लागी प्रदेश सरकारले यस कार्यक्रममा सहयोग गरेको जनाए । पत्रकारहरूको पेशामा प्रत्यक्ष सहयोग हुने यस प्रकारको अन्तकृया कार्यक्रमहरूका लागी आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने भण्डारीले बताए ।

1 (8).psd

पत्रकारहरूका लागी मिडिया कानुन र आचार संहिता सदैव आवश्यक पर्ने बताउँदै कार्यक्रमको आयोजना गरीएको रूपान्तरण नेपालका अध्यक्ष सविता चाम्लिङले बताइन । फिल्डमा खटिरहेका पत्रकारहरूका लागी पुर्नताजगी हुने र नयाँहरूका लागी महत्वपूर्ण जानकारी हुने विश्वास लिएको उनले बताइन । कार्यक्रममा पत्रकारहरूका लागी संचार सामाग्री अर्न्तग प्रेस ज्याकेट, मास्क, पेन र डायरी प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, नेकपा धरानका सचिवालय सदस्य राजमणी निरौला, अग्रज पत्रकार तथा लेखक जनकऋषि चाम्लिङ, प्रेस संगठका केन्द्रिय सदस्य देवेन्द्र कार्की,नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईलगायतको उपस्थिती रहेको थियो ।