धरानः सँखुवासभाको सिलिचोङ गाउँपालिकामा गएराती पहिरो गएको छ ।

पहिरोका कारण ७ घर बगेका छन् भने ११ नागरिक वेपत्ता भएको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङले जानकारी दिएका छन् । कुलुङ हिजैमात्र सदरमुकाम खाँदवारी आएका आएका थिए । पहिरो गएको ठाउँ खाँदवारी देखि एक दिनको पैदल दुरीमा पर्छ ।

कुलुङले पहिरो गएको सुचना स्थानीयबाट पाएको भन्दै अहिलेसम्म खोजि कार्यका लागि सुरक्षाकर्मी पुग्न नसकेको जानकारी दिए । थप उद्धार र राहतका लागि इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनाबाट हेलिकोप्टर जाने तयारी भइरहेको छ । मौसम अनुकुल हुनासाथ सेनाको हेलिकोप्टरले थप जनशक्ति लिएर राहत र उद्धारका लागि जानेछ ।